समाज


भद्रपुर नापीमा घुस : सर्वेक्षकलाई कैद, बिचौलियालाई सफाइ

भद्रपुर नापीमा घुस : सर्वेक्षकलाई कैद, बिचौलियालाई सफाइ

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १५:४७, काठमाडौँ

नापी कार्यालय, भद्रपुर, झापाका सर्वेक्षक देवनारायण ठाकुर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले शुक्रबार यो फैसला गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २९ गते सर्वेक्षक ठाकुर र बिचौलिया उमेश यादवलाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको भए पनि अदालतले ठाकुरलाई मात्र दोषी ठहर गरेको हो। उनलाई अदालतले ६ महिना कैद सजाय र १ लाख २५ हजार रूपैयाँ जरिवाना पनि तोकेको छ।

जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न गराउनको लागि उनीहरूले सेवाग्राहीसँग ७० हजार नगद र ५५ हजारको चेक बुझेका थिए।उनीहरूलाई भद्रपुर नगरपालिका–७, चन्द्रगढीबाट पक्राउ गरिएको थियो।

अख्तियारले यस प्रकरणमा नापी कार्यालय, भद्रपुरका सर्वेक्षक सुवासचन्द्र यादवको पनि मिलेमतो रहेको भनी अभियोग लगाएको थियो। उनले पनि यसमा सफाइ पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .