ad ad

समाज


नेपाल बैंकका सुरक्षा गार्डका हत्या आरोपी सार्वजनिक

नेपाल बैंकका सुरक्षा गार्डका हत्या आरोपी सार्वजनिक

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १५:३९, काठमाडौँ

नेपाल बैंकका सुरक्षा गार्डको हत्या गाउँकै युवाबाट भएको प्रहरीको निस्कर्ष रहेको छ।

हत्या गरिएका सुरक्षा गार्ड र हत्या आरोपमा पक्राउ परेका अभियुक्त एउटै नगरपालिकाका हुन्।

नेपाल बैंक लिमिटेड फत्तेपुर शाखा सप्तरीका सुरक्षा गार्डलाई धारिलो हतियार प्रहार गरी वैशाख २७ गते हत्या भएको थियो। घटनाको दुई दिनपछि प्रहरीले हत्यामा संलग्न आरोपिलाई पक्राउ गरेको हो।

हत्या आरोपमा सप्तरीको सप्तकोशी नगरपालिका ५ का ३२ वर्षीय चन्द्रबहादुर सुबेदी रहेका छन्। चितवनको राप्ती नगरपालिका १ लोथरबाट पक्राउ परेका सुवेदीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार सार्वजनिक गरेको छ।

२७ गते बिहान साढे ३ बजेतिर सप्तरीको सप्तकोशी नगरपालिका १ मा रहेको  नेपाल बैंक लिमिटेड फत्तेपुर शाखाको कार्यालयभित्र प्रवेश गरी डिउटीमा रहेका सुरक्षा गार्ड सप्तकोसी नगरपालिका २ का ५५ वर्षीय पर्शुराम फुंयालको धारिलो हतियार खुकुरीले प्रहार गरी हत्या भएको थियो।

घटना लगतै खटिएको प्रहरीले सीसीटीभी फुटेजका आधारमा संलग्न व्यक्तिको पहिचान गरेको थियो। घटनापछि भागेर चितवन पुगेका सुवेदीलाई चितवन प्रहरीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।

घटनामा प्रयोग भएको खुकुरी, अभियुक्तले घटनाको समयमा बोकेको झोला, घटनाको समयमा लगाएको जुत्ता, पज्जा, सेन्डो, टोपी र सल, घटनमा प्रयोग भएको हेक्सो ब्लेड, रेन्चु, पिलास, डोरी र रड प्रहरीले बरामद गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .