ad ad

समाज


पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते (नामावली)

पाल्पामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित २ जनाको मृत्यु, १३ घाइते (नामावली)

नेपालखबर
जेठ ३, २०८१ बिहिबार ८:२, काठमाडौँ

गएराति पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना बालकसहित २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्। 

गएराति नवलपरासी पूर्वको अरुणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ जाँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा निस्दी गाउँपालिका-४ का ६ वर्षीय बालक राजीव सुनारी र सोही ठाउँमा २० वर्षीय तेजन सोमैको मृत्यु भएको डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए। 

‘घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। दुर्घटनामा जिपका चालक पनि घाइते भएका छन्,’ डीएसपी श्रेष्ठले नेपालखबरसँग भने, ‘गम्भीर घाइतेलाई उपचारको लागि अन्यत्र रेफर गरिएको छ। अधिकांश घाइतेकाे नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।’ 

मृतक

१.जिल्ला पाल्पा निस्दी गा.पा. ४ बस्ने वर्ष ६ को राजिब सुनारी।

२.जिल्ला पाल्पा निस्दी गा.पा. ४ बस्ने वर्ष २० को तेजन सोमई।

घाइतेहरु

१.जिल्ला पाल्पा निस्दी गा.पा. ४ बस्ने वर्ष २७ की धामिसरा सुनारी, अवस्था गम्भीर।

२.जिल्ला पाल्पा निस्दी गा.पा. ४ बस्ने वर्ष ७४ की माया खङ्गा, अवस्था मध्यम।

३.गाडी चालक ऐ.ऐ. बस्ने वर्ष २८ को नुरेस खाम्चा, अवस्था सामान्य।

४.ऐ.ऐ. बस्ने वर्ष २४ की इसानी गाहा खुट्टामा चोट, अवस्था सामान्य।

५.ऐ.ऐ. बस्ने इसानी गाहाकी छोरी वर्ष १ की सहिरा गाहा, अवस्था सामान्य।

६.ऐ.ऐ. बस्ने वर्ष ४० की दरीमा मश्राङ्गी, अवस्था सामान्य।

७.ऐ.ऐ. बस्ने वर्ष २० की हिरा खङ्गा, अवस्था सामान्य।

८.ऐ.ऐ. बस्ने वर्ष ४३ की बनि सुनारी, अवस्था सामान्य।

९.ऐ.ऐ. बस्ने वर्ष ३१ को सुर बहादुर सोमई, अवस्था सामान्य।

१०.ऐ.ऐ. बस्ने वर्ष २८ की कुसुम सारु थापा, अवस्था गम्भीर।

११.ऐ.ऐ. बस्ने कुसुम सारु थापाको छोरी अढाइ वर्षाकी मनिका सारु, अवस्था सामान्य।

१२. ऐ.ऐ. बस्ने वर्ष १७ की हेमसरी घर्ती शरीरमा सामान्य चोट।

१३. जिल्ला पाल्पा निस्दी गा.पा. ३ बस्ने वर्ष ६६ को खुम बहादुर सोती, अवस्था सामान्य।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .