मकवानपुरको बकैया गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
बकैया गाउँपालिकामा कार्यरत कर्मचारी भीमसेन बजगाईँको निधनको शोकमा गाउँपालिकाले मंगलबार बिदा दिने निर्णय गरेको हो।
बकैया गाउँपालिका-५ मा गएको शुक्रबार बा २ ख ६९४३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २-०३-०२१ प ६६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बकैया-५ को भडौराका ३५ वर्षीय बजगाईँको मृत्यु भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका बजगाईँको उपचारको क्रममा हेटौँडाको चुरेहिल अस्पतालमा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
6
Shares
प्रतिक्रिया