ad ad

समाज


बागलुङमा जिप दुर्घटना हुँदा १७ जना घाइते, एकको अवस्था गम्भीर

बागलुङमा जिप दुर्घटना हुँदा १७ जना घाइते, एकको अवस्था गम्भीर

नेपालखबर
जेठ ३, २०८१ बिहिबार ६:४३, काठमाडौँ

गएराति बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। 

बुधबार राति पौने ८ बजे ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारबाट अर्नाकोट जाँदै गरेको ग२च २३१४ नम्बरको जिप ढोरपाटन ५ को मस्तीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

घाइतेमध्ये ढोरपाटन ५ की १९ वर्षीया शर्मिला भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङ डीएसपी विजय यादवले जानकारी दिए। 

‘उनलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरी उपचारको लागि राति नै पोखरा लगिएको छ,’ यादवले नेपालखबरसँग भने, ‘१७ जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।’

घाइतेमध्ये अधिकांश महिला र बालबालिका छन्। चालकले चिप्लो सडकमा ब्रेकफेल हुँदा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .