ad ad

समाज


दैलेखमा बिजुलीको पोल बोकेको ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु, ६ घाइते

दैलेखमा बिजुलीको पोल बोकेको ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु, ६ घाइते

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार ७:४७, दैलेख

दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर अरु ६ जना घाइते भएका छन्।

बिजलुीको पोल बोकको भे.१ त ८९६ नम्बर ट्रयाक्टर दुल्लु नगरपालिका –६ घडास्थित भित्री सडक खण्डमा आइतबार साँझ दुर्घटनामा परेको हो। 

दुर्घटनामा दुल्लु नगरपालिका –६ का ५५ बर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

दुर्घटनामा दुल्लु –६ कै ५६ वर्षीय कमारो रावल, ४८ वर्षीय दानबहादुर रावल र ३१ वर्षीय ललित खड्का गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ। खड्का ट्याक्टर धनी हुन्। 

दुर्घटनामा सामान्य घाइते भएका ६० वर्षीय छविलाल रावल, ३४ वर्षीय ललित खड्का र ट्याक्टर चालक २५ का कलम शाहीको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। मृतक र घाइते सबै एकै गाउँका हुन्। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले दिएको जानकारी अनुसार पोलको ओजनले असन्तुलित बनेपछि ट्याक्टर दुर्घटनामा परेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .