समाज


इलाममा भ्यान दुर्घटना: अर्का युवक गम्भीर घाइते अवस्थामा भेटिए

इलाममा भ्यान दुर्घटना: अर्का युवक गम्भीर घाइते अवस्थामा भेटिए

नेपालखबर
बैशाख १९, २०८१ बुधबार ९:१७, इलाम

आज बिहान इलाममा भ्यान दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते अवस्थामा भेटिएका छन्।  

मृतक र घाइते दुबै युवकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। 

मृतक युवक मारुती भ्यानका चालक हुन्। उनी इलामकै देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राई भएका जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए।

भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई दुर्घटनामा गम्भीर घाइते भएका उनले बताए।

विश्वासलाई उपाचारका लागि झापा पठाइएको छ।

झापाबाट इलामतर्फ जाँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान आज बिहान पाँच बजे मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटनामा परेको हो। 

भ्यान सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले सुरुमा दुर्घटनास्थलमा एक युवकलाई मृत अवस्थामा फेला परेको थियो। 

खोजी गर्ने क्रममा अर्का युवक घाइते अवस्थामा फेला परेका प्रहरीको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .