खेल


राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्डको विजयी सुरुवात

राष्ट्रिय महिला भलिबलमा न्यु डायमन्डको विजयी सुरुवात

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८१ बुधबार १२:५०, काठमाडौँ

साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टोलीले सातौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। 

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको पहिलो खेलमा डायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पारजित गर्दै पहिलो जित दर्ता गरेको हो। 

डायमण्डले आर्मीलाई २५–१२, २५–१५, १७–२५ र २५–२१ ले पाखा लगायो। डायमण्डले पहिलो र दोस्रो सेटमा जित निकाले पनि तेस्रो सेट आर्मीले आफ्नो पक्षमा पारेको थियो। तर चौथो सेटमा डायमण्डले आर्मीलाई अग्रता बनाउने कुनै मौका दिएन। 

खेलको प्लेयर अफ दि म्याच बनेकी डायमण्डकी सुमित्रा रेग्मीले १५ हजार रुपैयाँ प्राप्त गरिन्। 

जितसँगै डायमण्डले अंक तालिकामा ३ अंक जोडेको छ। आजै हुने दोस्रो खेलमा साविक उपविजेता एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्नेछन्। 

४ टोली सहभागी प्रतियोगिताको राउण्डरोविनपछि दुई टोलीले शनिबार फाइनल खेल्नेछन्। पुछारका दुई टोलीले तेस्रो र चौथो स्थानका लागि खेल्नेछन्। 

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन्। विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .