सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १७:१०, काठमाडौँ

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित भएको छ।

प्रदेश सभा सचिवालयले शनिबार साँझ साढे ५ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ।

मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धि प्रस्ताव दर्ता गराएपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार साँझ ५ बजे बैठक बोलाएका थिए।

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने निर्णय गर्नुअघि सल्लाह नगरेको भन्दै नेकपा एमालेले असन्तुष्टि जनाएपछि दिनभर अन्योल भएको थियो। 

कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले उपस्थित भएको थिएन।

सभामुख भण्डारीले बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी गत वैशाख ६ गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

एमालेले त्यसबेलै सोडारीका नाममा असहमति जनाएको थियो। सोडारी आचरण र विभिन्न प्रकरणमा विवादित भएकाले अर्को व्यक्ति अघि सार्नुपर्ने एमालेको अडान थियो। तर, एकीकृत समाजवादीले नाम परिवर्तन नगरेपछि अन्तिम समयमा एमालेले समर्थन गरेको थियो।

यता केन्द्रमा माधव नेपालले मौजुदा गठबन्धनको विकल्पमा कसरत जारी राखेपछि एमाले थप असन्तुष्ट छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .