ad ad

फोटोफिचर


नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’का ६ दृश्य (फोटोफिचर)


सरोज बैजु
बैशाख ३, २०८१ सोमबार १५:२८, काठमाडौँ

नागढुंगा सुरुङमार्ग अन्ततः छेडिएको छ। पूर्वतर्फ चन्द्रागिरि नगरपालिका काठमाडौं र पश्चिमतर्फ धुनीबेसी नगरपालिका धादिङ जोड्ने गरी सुरुङ निर्माण गरिएको हो। 

यसले समय र सञ्चालन खर्चमा बचत हुने र यात्रा सुरक्षित र भरपर्दो हुनाले देशको आर्थिक विकासमा मद्दत पुग्ने आयोजनाले जनाएको छ।

धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने नागढुंगा सुरुङमार्ग सोमबार दिउँसो १:५७ बजे ‘ब्रेक थ्रु’ भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसको उद्घाटन गरेका हुन्। 

यो सुरुङमार्ग २.६८८ किमि लामो छ। ३.५ मिटर फराकिलो यसमा २ लेन छन्। जुन मध्यविन्दुबाट १.५ मिटर लामा छन्। यसको कुल क्यारिएज वे ९.५ मिटरको छ। 

यसमा इभ्याकुएसन टनेल पनि छ। यो २.५५७ मिटर लामो, ३.७ मिटर फराकिलो लेनयुक्त छ। पश्चिमतर्फ अडिट टनेल छ। यो १२६ मिटर लामो छ। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .