ad ad

फोटोफिचर


जमलबाट सुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा


सरोज बैजु
बैशाख ४, २०८१ मंगलबार २१:५४, काठमाडौँ

वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा काठमाडौंमा सुरु भएको छ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा सुरु गरिन्छ। आज मंगलबार पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पुर्‍याइएको छ।

रथयात्रा सुरु गर्नुअघि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी तीनधारा पाठशालाअगाडिको रथसम्म ल्याइएको थियो।

यसरी ल्याइएको मच्छिन्द्रनाथलाई  दरबारमार्गस्थित तीनधारा पाठशालाअगाडि बनाइएको रथमा आरोहण गराइएको छ।

काठमाडौंको पुरानो बस्ती भएको सहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ।

पहिलो दिन जमलबाट असनसम्म, दोस्रो दिन असनबाट हनुमानढोका अगाडिसम्म र तेस्रो दिन मच्छिन्द्रनाथको रथ तानेर हनुमानढोकाबाट लगनसम्म लैजाने चलन छ।

असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मत्स्येन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ।

मच्छिन्द्रनाथको रथ लगनटोलमा पुगेपछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगनचोकमा जात्रा देखाउने चलन छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .