ad ad

राजनीति


प्रधानमन्त्रीसँग सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भयोः झलनाथ

प्रधानमन्त्रीसँग सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भयोः झलनाथ

फाइल तस्बिर : झलनाथ खनाल


नेपालखबर
बैशाख ४, २०८१ मंगलबार ९:५०, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पद सुरुमै आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री प्रचण्ड सहमत भएको दाबी गरेका छन्। 

आज (मंगलबार) बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि नेपालखबरलाई प्रतिक्रिया दिँदै खनालले उक्त दाबी गरेका हुन्।   

‘प्रधानमन्त्रीजीसँग समसामयिक विषयमा कुराकानी भयो। अहिलेको गठबन्धनलाई थप बलियो बनाएर जाने भन्नेबारे समझदारी भएको छ। केही अप्ठेराहरू आउन लागेको भए पनि त्यसलाई फुकाएर सहज ढंगले अघि बढ्ने कुरा भएको छ’, पूर्वप्रधानमन्त्री खनालले नेपालखबरसँग भने, ‘भेटमा सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको समस्याका बारेमा पनि कुराकानी भयो। प्रधानमन्त्रीजीले अहिले सुरुमा एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिने प्रतिबद्धता जनाउनुभएको छ। सोही समझदारीपछि म बालुवाटारबाट फर्किएँ।’ 

तर सत्ता गठबन्धनको पूर्वसहमतिअनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई मुख्यमन्त्री दिइसकिएको छ। तर नाउपाबाटै दुई जनाले मुख्यमन्त्री पदमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले अहिलेसम्म निर्णय गर्न सकेका छैनन्।  

सत्ता गठबन्धनको भईकन पनि सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी कांग्रेससँग मिलेर अर्कै गठबन्धन बनाई नाउपाको रेशम पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहभागी भएको छ। 

अर्कातर्फ सत्ता गठबन्धनबाट नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .