ad ad

राजनीति


१५ महिनामा तीनपटक विश्वासको मत लिनु विडम्बना : प्रधानमन्त्री दाहाल

१५ महिनामा तीनपटक विश्वासको मत लिनु विडम्बना : प्रधानमन्त्री दाहाल

फाइल फोटो


नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १६:४४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु विडम्बनाको विषय भएको बताएका छन्।

मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले आफूले केही दिनअघि मात्रै तेस्रो पटक विश्वासको मत लिएको उल्लेख गर्दै १५ महिना भित्र तीन पटक विश्वासको मत लिने कुरा बिडम्वना र नेपालको आफ्नो विशेषता भएको पनि बताए।

उनले भने, ‘अहिले तेस्रो पटक विश्वासको मत लिएँ केही समयअघि। डेढ वर्ष पनि भएको छैन। १५ महिना भित्र लिएँ। तीन पटक विश्वासको मत १५ महिना भित्र लिने अवस्था सिर्जना हुन एउटा बिडम्वना पनि भन्न सकिन्छ। अर्को आफ्नो विशेषता पनि भन्न सकिन्छ।’

उनले कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महशुस नगराउन कांग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गरे।

उनले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको बताए। उनले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गर्नुभयो। उनले सरकारको पुनःगठन भइ रहने बताए।

प्रधानमन्त्री दाहालले सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरु जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको बताए। उनले शको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताए।

उनले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभुति गर्ने, भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथी कानूनी कारबाही अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताए।

प्रधानमन्त्री दाहालले कानूनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभुति गर्न सकिने बताए।

मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभुति गर्ने अवस्था सिर्जना गरिने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .