ad ad

प्रविधि


मस्कको अनुमान : अर्को वर्षको अन्त्यसम्ममा एआईले मान्छेको बौद्धिकतालाई उछिन्छ

मस्कको अनुमान : अर्को वर्षको अन्त्यसम्ममा एआईले मान्छेको बौद्धिकतालाई उछिन्छ

नेपालखबर
चैत २७, २०८० मंगलबार १३:४७,

इलोन मस्कले अर्को वर्षको अन्त्यसम्ममा आर्टिफिसियल इन्टेलिजेन्सले मानव बौद्धिकतालाई उछिन्ने आकलन गरेका छन्। तर, त्यसका लागि शक्तिशाली बन्दै गएको यो प्रविधिलाई आवश्यक विद्युत् आपूर्ति र हार्डवेयर उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।

‘मेरो अनुमान के छ भने सायद अर्को वर्षको अन्त्यसम्ममा मान्छेभन्दा टाठो एआई हामीसँग हुनेछ,’ यी अर्बपति उद्यमीले भने। उनी टेस्ला, एक्स र स्पेस एक्सजस्ता कम्पनी हाँकिरहेका छन्।

आउँदो पाँच वर्षमा एआईको क्षमताले सम्पूर्ण मान्छेको क्षमतालाई उछिन्ने निकोलाइ ट्यान्जेनसँगको अन्तर्वार्तामा उनले बताए।

मस्क पहिलेदेखि एआईका विषयमा ज्यादा आशावादी रुपमा प्रस्तुत हुँदै आएका छन्। तर, सोमबारको अन्तर्वार्तामा उनी पहिले आफैँले गरेको अनुमानभन्दा पनि अघि बढेका छन्।

गत वर्ष उनले आर्टिफिसियल जेनरल इन्टेलिजेन्स अर्थात्, मानिसलाई उछिन्ने कृत्रिम बौद्धिकता २०२९ सम्ममा हासिल हुने अनुमान गरेका थिए।

गत डेढ वर्षमा एआईका क्षेत्रमा केही ब्रेकथ्रु भएका छन्। क्षमतावान् च्याटबटदेखि भिडिओ जेनेरेसन टुलसम्म विकास भएका छन्। 

तर, माइक्रोचिप्सको आपूर्तिमा आएको कमीको विकासको यो गति धिमा भएको बताइन्छ। एआई दक्ष तुल्याउन आवश्यक त्यस्ता चिप्स एनभिडिया नामक कम्पनीले उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .