ad ad

बागमती


स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ २९ देखि

स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ २९ देखि

नेपालखबर
माघ ९, २०७९ सोमबार १९:५५, हेटाैँडा

पाँचौ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता यहि माघ २९ गतेबाट सुरु हुने भएको छ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरले गोल्डकपको तयारी तीब्र पारिएको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय सदस्य समेत रहेका जिल्ला अध्यक्ष टिका लामाले प्रतियोगितामा आयोजक मकवानपुरसहित १२ वटा क्लबहरुले भाग लिने जानकारी दिए।

उनका अनुसार हेटौंडा–५ पिप्ले स्थित क्याम्पा रंगशालमा हुने प्रतियोगितामा आयोजकसहित मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, एनआरटी क्लब, त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब, मच्छिन्द्र क्लब, सातदोबाटो युवा क्लब, जवलाखेल युथ क्लब र एभिनिर एफ सि क्यामरुन क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद ५० हजार, विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।

जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले सहिद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ। २०६२–०६३ को जनआन्दोलनका सहिदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो।

उक्त पहिलो पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो।

२०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो। माघ २९ गतेदेखि सञ्चालन हुने प्रतियोगिता फागुन ११ गते समापन हुने आयोजनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .