समाज


कर्कटको इच्छा पूरा हुने, मिथुनलाई हिम्मत बढ्ने, तपाईँको के? हेर्नुस् वैशाख १७ को राशिफल

कर्कटको इच्छा पूरा हुने, मिथुनलाई हिम्मत बढ्ने, तपाईँको के? हेर्नुस् वैशाख १७ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
बैशाख १७, २०८१ सोमबार ४:४०, काठमाडौँ

आज सोमबार, १७ वैशाख २०८१ (२९ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मनोरञ्जनमा सहभागी भइएला। नयाँ र शुभ समाचार सुन्न पाइनेछ। दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

वृष : लाभ-हानि, आय-व्यय र सुख-दुःख बराबरी खालको दिन छ। आज जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। प्रतिष्ठित व्यक्तिसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ। तर, आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।

भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्दा मनमा शान्ति मिल्नेछ। निलो रङको प्रयोग उपयुक्त छैन।

मिथुन : मनमा उत्साह र उमङ्गको सिर्जना हुनेछ। जोस, जाँगर र हिम्मत बढ्नेछ। शुभ समाचार सुन्न पाइनेछ। मनमा रहेका अनावश्यक कौतुहल मेटिनेछन्। वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्‍याउनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्ति होला। उत्तर दिशाको यात्रा फलदायी छैन।

कर्कट : नयाँ ज्ञान सिक्ने मौका छ। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। शैक्षिक क्षेत्र र प्राविधिक काम सहजै सम्पन्न हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७५, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ। तामसिक भोजन नगर्नु होला।

सिंह : ठीक समयमा सही निर्णय लिन सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। आतिथ्यपूर्ण सम्मान पाइएला। व्यवसायमा सफलता र आर्थिक सहयोग मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। छलकपटतिर नलाग्नु होला, यसले आफैँलाई हानि गर्नेछ।

कन्या : दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।

भाग्यशाली रङ कालो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६१, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। भरिसक्के लामो यात्रा नगर्ने।

तुला : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सामूहिक तथा रमाइलो यात्रा हुनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। शुभ कार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३८, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ३९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३३, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्दा अध्ययन-अध्यापन रुचि बढ्नेछ। सजिलै अरूको विश्वास भने नगर्नु होला।

वृश्चिक : आँटेको र ताकेको कार्य पूरा होला। नयाँ कार्यको थालनी हुनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। दैनिक कार्यमा प्रगति हुनेछ। आँटेको र ताकेको कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६०, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ४५ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिँदा पितृ खुसी हुनेछन्। झुट नबोल्नु होला। बोलेमा बनिसकेको काम पनि बिग्रनेछ।

धनु : कुनै समाचारले मनमा शान्ति छाउनेछ। शुभ कार्यमा सामेल हुनुका साथै धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। नयाँ कामको थालनी हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

मकर : महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। अधुरा वैदेशिक कार्य सहजै अघि बढ्नेछन्।

भाग्यशाली रङ हरियो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४६, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ६२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। अरूलाई प्रभावमा पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। टाढिएका व्यक्तिसँग पुनर्मिलनको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

मीन : नयाँ कार्यको थालनी हुन सक्छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक लगानी या कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .