काठमाडौँको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ।
बिहीबार ठमेल फायरचोक एरियामा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी दुःख हैरानी दिएको प्रहरीको आरोप छ।
प्रहरी टोलीले सम्झाई बुझाई गर्दा डिउटीमा खटिएका प्रहरी कर्मचारीहरू माथि नै अपशब्द प्रयोग गरी गालीगलौज गर्ने, धक्कामुक्का गर्ने २३ जनालाई प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।
Shares

प्रतिक्रिया