समाज


सीप परीक्षणको मात्र अनुमति लिएर अनधिकृत प्रमाणीकरण गर्ने संस्थामा सिलबन्दी

सीप परीक्षणको मात्र अनुमति लिएर अनधिकृत प्रमाणीकरण गर्ने संस्थामा सिलबन्दी

नेपालखबर
साउन ६, २०८३ बुधबार २१:५३, काठमाडौँ

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृतरूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटको कार्यालयमा सिलबन्दी गरिएको छ। 

श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सीटीईभीटी र र वैदेशिक रोजगार विभागको संयुक्त टोलीले सिलबन्दी गरेको हो।

वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई लक्षित गरी तोकिएको सर्तविपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको गुनासो आएपछि कारबाही अघि बढाइएको श्रम मन्त्रीको सचिवालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार अनुगमनका क्रममा उक्त संस्थाले प्रचलित कानुन र सर्तहरूको उल्लंघन  गरेको समेत देखिएको छ।

संस्थाले अनुमति लिँदा तोकिएका विधाहरूभन्दा फरक विषयहरूमा पनि तालिम दिने गरेको पाइएको सचिवालयले जनाएको छ। 

अनुगमन टोलीले उक्त संस्थाको कार्यालयमा सिलबन्दी गरी आवश्यक कागजात र प्रमाणपत्रहरू अध्ययनका लागि नियन्त्रणमा लिएको छ। 

अनुगमन टोलीले उपलब्ध गराएको कागजातहरूको अध्ययन अनुसन्धानपछि संस्थामाथि थप कानुनी कारबाही अगाडि बढाइने श्रम मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad