यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमा गरेको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरान र हुथी दुवैलाई ‘ठुलो सैन्य दण्ड’ दिने चेतावनी दिएका छन्।
राष्ट्रपति ट्रम्पको यो चेतावनी तेहरान समर्थित हुथीहरूले रेड सीमा तेल ट्यांकरमा मिसाइल र ड्रोन आक्रमण गरेपछि आएको हो।
उनीहरूले साउदी अरबविरुद्ध नाकाबन्दी लगाएको दाबी गरेका छन्।
‘अमेरिकाले इरानलाई जिम्मेवार ठहर गर्नेछ, किनकि हुथी इरानी सहयोगमा चलेका छद्म सशस्त्र समूह हो। यदि यमनी विद्रोहीहरूले रेड सीमा थप आक्रमण गरे भने इरान र निश्चित रूपमा हुथीहरूमाथि ठुलो सैन्य दण्ड दिइनेछ,’ राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्।
ट्रम्पले भनेका छन्, ‘गत वर्ष अमेरिकाले हुथीहरूमाथि गरेको आक्रमण र फेब्रुअरीमा अमेरिका तथा इजरायलले इरानविरुद्ध सुरु गरेको युद्धपछि हुथीहरूले ‘अहिलेसम्म अत्यन्त व्यावसायिक र बुद्धिमानीपूर्ण’ व्यवहार गरिरहेका थिए। अहिले फेरि आफू हुथीहरूको व्यवहार ‘अत्यन्तै दुःखद्’ देखिएको छ।’
हुथीहरूले बुधबार रेड सीमा एउटा साउदी जहाजमा आक्रमण गरेका थिए, जसले मध्यपूर्व युद्धलाई नयाँ अवस्थामा पुर्याएको छ र तेलको मूल्यमा उछाल ल्याएको छ।
यो हप्ताको सुरुतिर हुथीहरूले साउदी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गरेका थिए भने त्यसपछि उनीहरूले दुईवटा साउदी तेल ट्यांकमा आक्रमण गरेको दाबी गरेका छन्।
Shares

प्रतिक्रिया