अमेरिका–इरान वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानले वासिङ्टनसँग १० अर्ब डलर रकम माग गरेको छ। दुई स्रोतलाई उधृत गर्दै रोयटर्सले जनाए अनुसार विनिमय स्थिरीकरण कोषका लागि सो सहायता माग गरिएको हो।
यतिखेर पाकिस्तान आर्थिक संकट झेलिरहेको छ। विदेशी मुद्रा सन्चिति घटिरहेको छ। युद्धमा प्रभावकारी मध्यस्थतापछि आफ्नो बढेको कूटनीतिक प्रभावलाई पाकिस्तानले आर्थिक फाइदाका लागि प्रयोग गर्न खोजेको हो।
गत मंगलबार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँगको भेटमा पाकिस्तानी अर्थमन्त्री मुहम्मद औरंगजेबले सो सहायता माग्दै पत्र दिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। जसमा पाकिस्तानले पाँच वर्षका लागि १० अर्ब डलरको द्विपक्षीय मुद्रा स्थिरीकरण कोष खडा गर्ने प्रस्ताव राखेका छन्।
यस्तो कोष बनेदेखि पाकिस्तानको विदेशी मुद्रा सन्चिति बलियो हुनेछ र रुपियाँमा परिरहेको दबाब कम हुनेछ।
बेसेन्टसँगको भेटमा औरंगजेबले मुलुकको आर्थिक कमजोरीबारे कुरा गरेको मन्त्रालयको भनाइ छ।
अमेरिकाले मुद्रा स्थिरीकरण कोषको सुविधा गत वर्ष अर्जेन्टिनालाई पनि दिएको थियो। एजेन्सी
Shares

प्रतिक्रिया