तनहुँ जिल्लाको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग.प्र.०१–००१ ख ०१७१ नम्बरको हाइस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।
हाइसमा सवार १२ जनामध्ये ४ जना सकुशल रहेका छन् भने ८ जना घाइते भएका हुन्। दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लक्ष्मी अस्पताल डुम्रे, तनहुँमा उपचाररत घाइतेहरू
१. जिल्ला बाँके खजुरा गा.पा.–२ बस्ने वर्ष ३२ का रमेश क्षेत्री, घाटी, ढाड र दाहिने हातमा चोट, अवस्था मध्यम।
३. जिल्ला कास्की पोखरा म.न.पा.–११ बस्ने वर्ष ५५ का दयाराम पोखरेल, दाहिने हातमा चोट, अवस्था सामान्य।
४. जिल्ला झापा भद्रपुर न.पा.–१ बस्ने वर्ष ३५ की तारा सुब्बा, ढाड र कम्मरमा चोट, अवस्था सामान्य।
५. जिल्ला दैलेख दुङ्गेश्वर गा.पा.–२ बस्ने वर्ष २७ का नविन खड्का, ढाडमा चोट, अवस्था सामान्य।
६. जिल्ला सप्तरी खडक न.पा.–४ अमाहा बस्ने वर्ष १७ का उज्वल यादव, अवस्था सामान्य।
प्रदेश अस्पताल दमौलीमा उपचाररत घाइतेहरू
७. जिल्ला बझाङ जयपृथ्वी नगरपालिका–२ बाझगाउँ बस्ने वर्ष २९ का माधव प्रसाद जोशी, अवस्था सामान्य।
८. जिल्ला बझाङ बित्थडचिर गाउँपालिका–८ सुनपुणा बस्ने वर्ष २४ का जीवन जोशी, अवस्था सामान्य रहेको छ ।
Shares

प्रतिक्रिया