काठमाडौँमा एक व्यक्तिलाई खानामा नशालु पदार्थ सेवन गराई सुन, नगद तथा मोबाइल लुटपाट गरेको आरोपमा महिला पक्राउ परेको छन्।
पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका ९ घर भइ हाल काभ्रपलान्चोक जिल्लाको पनौती नगरपालिका ५ बस्ने ४७ वर्षीया संगीता तामाङ कार्की रहेकी छन्।
उनले गत असार १२ गते गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल स्थित जग्गा हेर्न भनि बोलाई एक होटलमा खाजा खाने क्रममा पीडितलाई फ्रुटीमा नशालु पदार्थ मिसावट गरी सेवन गराई बेहोस् बनाएर सुनको औंठी, नगद र मोबाइ लुटपाट गरेको प्रहरीले जनाएको छ।
फरार रहेकी तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय बनेपाको समन्वयमा यस बिहीबार काभ्रेपलान्चोकको पनौती५ चौकोटबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी बृत्त बौद्ध पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया