शुक्रबार, ८ साउन २०८३ (२४ जुलाई २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: यात्राको योजना विफल हुन सक्छ। अनावश्यक ठाउँमा धन खर्च होला। तनाव बढेको महसुस हुनेछ। साँझमा समाजसेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुने छन्। परिवारसँग रमाइलो भेटघाट हुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृष: पुरानो समस्या सुल्झाउन सकिनेछ। सजिलै अरूको विश्वास जितिएला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन: शुभकार्यको योजना बन्नेछ। तर्क र प्रतिस्पर्धामा पकड भएको समय छ। सेवामूलक कामबाट सुख, शान्ति र सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। अरूको भलाइका लागि दौडधुप गर्नु पर्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
कर्कट: रमणीय र सुखद यात्राको योग छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। कतैबाट शुभ समाचार सुन्नमा आउनेछ, साँझमा भने नजिकका व्यक्तिहरू सँग झगडा पर्न सक्नेछ। आजको मन्त्र- भावनामा शक्ति हुन्छ, अनि सन्तुलनमा चमत्कार।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
सिंह: कामको सन्दर्भमा आउने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। घरमा अतिथिको आगमन हुनेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। लाभदायक यात्रा रहला।
भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
कन्या: मन खिन्न हुने स्थिति आउनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। हेलचेक्य्राइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला। मन्त्र- दृढ संकल्पन नै जितको पहिलो पाइला हो।
भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४२, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ४० र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले कमिला वा माछालाई चारो खुवाउने। कालो रङको प्रयोग नगर्ने।
तुला: आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। वैदेशिक कार्य अघि बढ्नेछ। मन्त्र- विवेक नै सफलताको सबैभन्दा विश्वसनीय साथी हो।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर छ। घरमा आगमन हुनेछ। परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।
धनु: न्यायिक कार्यमा सफलता मिल्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। धर्म तथा समाजसेवामा मन जानेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मकर: मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला। मेहनतअनुसार आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनुहोला। ‘भविष्यतर्फ केन्द्रित हुने’ संकल्प गर्नुहोला।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ: नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन्।
भाग्यशाली रङ निलो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् पशुपतिनाथको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मीन: नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो हातबाट शुभकार्य गर्न पाइनेछ। विशिष्ट व्यक्तिको साथ मिल्नेछ। आँटे-ताकेको पूरा होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया