बागमती


हेटौँडा उपमहानगरपालिकाले करारका ७१ कर्मचारी हटायो

हेटौँडा उपमहानगरपालिकाले करारका ७१ कर्मचारी हटायो

नेपालखबर
माघ १८, २०७९ बुधबार २१:२४, हेटौँडा

हेटौँडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ।

उपमहानगरपालिकाको करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई हटाएको हो। उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय गरेर यतीका धेरै कर्मचारी एकै पटक हटाइएको हो।

मेयर र उपमेयरको तोक आदेशमा जागिर खाएका ७१ जना कर्मचारीलाई हटाइएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए।

उपमहानगरपालिकामा चौथो तह, पाँचौ तह र छैटौँ तहसम्मका ७१ जना कर्मचारी हटाएको हो। उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अपरेटर स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारी हटाइएको प्रवक्ता न्यौपानेले बताए। 

उपमहानगरपालिकामा लामो समयदेखि काम गर्ने कर्मचारीदेखि भर्खर नियुक्त भएका कर्मचारीहरु समेतलाई हटाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .