बागमती


राति १० बजेदेखि नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

राति १० बजेदेखि नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

नेपालखबर
साउन ३, २०८३ आइतबार १८:४७, काठमाडौँ

नारायणगढ-मुग्लिन-काठमाडौँ सडकखण्डमा आज (आइतबार) राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै धादिङसहित छिमेकी जिल्लाहरू र चितवनका विभिन्न क्षेत्रमा वर्षा भइरहेको तथा वर्षा अझै बढ्ने पूर्वानुमान रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ। 

रातिको समयमा सडकमा पहिरो, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्का कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले यस सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।

उनका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज राति १० बजेदेखि नारायणगढ-मुग्लिन-काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको हो। 

सवारी आवागमन बन्द अवधिमा थप सूचना, समन्वय तथा सहजीकरणका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी बल नेपालको नम्बर १११४, जिल्ला आपतकालीन सञ्चालन केन्द्रको नम्बर १२३४ सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार सूचनामा मौसमको अवस्थालाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त निर्णय लागू रहने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad