ग्लोबल


युक्रेनको राजधानीमा रुसले हान्यो ब्यालिस्टिक मिसाइल

युक्रेनको राजधानीमा रुसले हान्यो ब्यालिस्टिक मिसाइल

नेपालखबर
साउन ३, २०८३ आइतबार २१:२, काठमाडौँ

रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेर ठुलो आक्रमण गरेको छ। कम्तीमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार शनिबार रातभरि किभ र वरपरका धेरै क्षेत्रमा हमला गरिएको हो। 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई रुसको आक्रमण सुरु भएयता किभमा भएको सबैभन्दा ठुलो ब्यालिस्टिक आक्रमणमध्ये एक भनेका छन्।

युक्रेनी सेनाले आफ्नो वायु रक्षा प्रणालीले रुसबाट प्रहार गरिएका ४१ क्षेप्यास्त्रमध्ये १८ वटा खसालेको बताएको छ। साथै १०८ ड्रोन पनि नष्ट गरिएको जनाएको छ। 

अर्कातर्फ युक्रेनले पनि रुसविरुद्ध आक्रमण जारी राखेको छ। युक्रेनी सेनाका अनुसार ड्रोन आक्रमणले कालो सागरमा रुसका दुई तेल ट्यांकरलाई निसाना बनाइएको छ। 

युक्रेनी वायुसेनाका अनुसार हालैका आक्रमणमा रुसले इस्केन्डर र हाइपरसोनिक जिरकोन क्षेप्यास्त्रसहित विभिन्न प्रकारका हतियार प्रयोग गरेको छ। आक्रमणमा १२५ ड्रोन पनि प्रयोग गरिएको थियो।

टेलिग्राममा जारी विज्ञप्तिमा राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘पछिल्लो हप्ता मात्र रुसले युक्रेनमा लगभग १,४५० ड्रोन, १,६४० भन्दा बढी गाइडेड बम र विभिन्न प्रकारका ९९ वटा मिसाइल प्रहार गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad