अमेरिकाले लगातार नवौँ रात सोमबार इरानमा आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानका सैन्य कमान्ड केन्द्र, वायु रक्षा प्रणाली, क्षेप्यास्त्र र ड्रोन प्रक्षेपण स्थलसहित धेरैवटा सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको हो।
आक्रमणपछि उत्तरपश्चिम इरानको तब्रिज क्षेप्यास्त्र क्षेत्रमा आगलागी भएको छ। स्थानीयले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) एयरोस्पेस फोर्सद्वारा सञ्चालित क्षेप्यास्त्र परिसरमा आगो लागेको बताएका छन्।
भिडिओ-
U.S. Central Command (CENTCOM) has completed its ninth consecutive night of strikes against Iran, targeting military command centers, air defenses, coastal surveillance sites, and communications networks in an effort to further degrade the Islamic Revolutionary Guard Corps'… https://t.co/R3Vd86csPr pic.twitter.com/VqcQO1nyqI
यसैबिच सेन्टकमले उत्तरी इराकमा विस्फोट नभएको इरानी ड्रोनलाई नष्ट गर्दा एक अमेरिकी सैनिकको मृत्यु भएको रिपोर्ट गरेको छ। अर्का एक अमेरिकी सैनिक घाइते भएको र उनको उपचार भइरहेको उल्लेख गरिएको छ।
योसँगै इरान युद्धमा मारिएका अमेरिकी सैनिकको संख्या १७ पुगेको छ।
Shares

प्रतिक्रिया