ग्लोबल


भारतको त्रिपुरा राज्यका प्रहरी महानिर्देशक आफ्नै कार्यालयभित्र मृत भेटिए

भारतको त्रिपुरा राज्यका प्रहरी महानिर्देशक आफ्नै कार्यालयभित्र मृत भेटिए

प्रहरी महानिर्देशक अनुराग धनखड (फाइल फोटो)


नेपालखबर
साउन ४, २०८३ सोमबार २०:१८, काठमाडौँ

भारतीय राज्य त्रिपुराका प्रहरी महानिर्देशक (डीजीपी) अनुराग धनखड सोमबार अगरतलास्थित राज्य प्रहरी मुख्यालयस्थित आफ्नै कार्यालयमा मृत फेला परेका छन्।

अगरतलामा तैनाथ एक प्रहरी अधिकारीका अनुसार घटना सोमबार दिउँसोको हो। डीजीपी प्रहरी मुख्यालयमा रहेको आफ्नै चेम्बरसँग जोडिएको शौचालयमा मृत फेला परेका हुन्। 

उनले भने, ‘उनको मृत्युबारे हाल अनुसन्धान भइरहेको छ।’

वरिष्ठ आईपीएस अधिकारी धनखडलाई अगरतला सरकारी मेडिकल कलेज र गोविन्द बल्लभ पन्त अस्पताल लगिएको थियो।

घटनाको जानकारी पाउनेबित्तिकै मुख्यमन्त्री माणिक साहा र मुख्य सचिव जेके सिन्हालगायत प्रदेश सरकारका धेरै जना वरिष्ठ अधिकारी अस्पताल पुगेका थिए।

चिकित्सा विभागका प्रमुख डा. प्रदीप भौमिकले सञ्चारमाध्यमसँग भनेका छन्, ‘उनलाई कुनै पनि जीवन-संकेत नभएको अवस्थामा अस्पताल ल्याइएको थियो र डाक्टरले जाँचपछि मृत घोषणा गरे।’

डा. भौमिकका अनुसार अनुरागको शव पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र मृत्युको सही कारण पत्ता लाग्नेछ। 

१९९४ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) का अधिकारी अनुराग धनखडले गत वर्ष मे १७ मा राज्यको प्रहरी महानिर्देशकको पद ग्रहण गरेका थिए।

डीजीपी हुनुअघि उनले त्रिपुरामा प्रहरी महानिर्देशक (गुप्तचर) का रूपमा काम गरेका थिए।

यसअघि उनले लगभग आठ वर्ष सीबीआईमा काम गरेका थिए। त्यसअघि उनले २००३-०४ मा कोसोभोमा संयुक्त राष्ट्रसंघीय मिसनमा पनि काम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad