भारतको ककरोच जनता पार्टी (सीजेपी) ले सोमबार राजधानी दिल्लीमा आयोजना गरेको ‘चलो संसद्’ मार्चमा प्रहरीले लाठी प्रहार गरेको छ।
दिल्लीको जन्तरमन्तरमा उपस्थित बीबीसी हिन्दीका संवाददाता दिलनवाज पाशाले त्यहाँ बिहानैदेखि ठुलो भेला भएको बताएका छन्।
समाचार एजेन्सी एएनआईले सार्वजनिक भिडिओमा र्यापिड एक्सन फोर्स (आरएएफ) का कर्मचारीले भिड तितरबितर पार्न लाठी प्रयोग गरेको देखिन्छ।
साथै प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएका तस्बिर पनि सार्वजनिक भएका छन्।
दिल्ली प्रहरीले सीजेपीलाई मार्चका लागि कुनै अनुमति नदिइएको बताएको छ।
भारतीय संसद्को मनसुन अधिवेशन आजै जुलाई २० तारिख सुरु हुँदै छ।
प्रदर्शनकारीहरू मनसुन अधिवेशनको पहिलो दिन संसद् भवनमा गएर आफ्ना माग प्रस्तुत गर्न चाहन्छन्।
108
Shares

प्रतिक्रिया