मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० वटा पुस्तक छनोट भएका छन्।
सोमबार मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका लागि छनोट भएका १० पुस्तकको सूची सार्वजनिक गरेको हो। मदन पुरस्कारका लागि छनोट भएका पुस्तकमा केवशराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग् जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी)को ‘नेपाल समुदायका परम्परागत मुकन्डोनाच’ रहेका छन्।
त्यस्तै, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि मदन पुरस्कारका लागि छनोट भएका छन्।
२०८२ सालको मदन पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए। उत्कृष्ट सूचीमा परेका १० पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ।

Shares

प्रतिक्रिया