मार्सेली उपभोक्ता हित सचेतना पुरस्कार विराट साहित्य संगमलाई प्रदान गरिएको छ।
सोमबार विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङको २९औँ स्थापना दिवसका अवसरमा विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेललाई पुरस्कार हस्तान्तरण गरिएको हो। २०८१ सालमा स्थापित पुरस्कार हरेक वर्ष संस्थाको स्थापना दिवसकै अवसरमा वितरण गर्ने गरिएको उपाध्यक्ष तुलसीनारायण अधिकारीले जानकारी दिए। कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ द्वारा स्थापित पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ।

मोरङका राष्ट्रसेवक कर्मचारीद्वारा स्थापित सहकारीको स्थापना दिवस समारोहमा २१ जना अक्षयकोष संस्थापक र सहकारी स्थापनामा योगदान पुर्याउने १६ जना संस्थापकलाई पनि सम्मान गरिएको छ। संस्थाका ज्येष्ठ सदस्यहरू कृष्णप्रसाद अधिकारी, कृष्ण न्यौपाने र महेन्द्रनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अक्षयकोषको सँगालोका रूपमा तयार पारिएको ‘स्मृतियात्रा’ सार्वजनिक समेत गरिएको छ।
समारोहका अध्यक्ष जीवन काफ्लेले सहकारीमा हाल २८ लाख रुपैयाँभन्दा बढी रकमका विभिन्न २१ वटा अक्षयकोष स्थापना भइसकेको बताए। आगामी साधारणसभामा समेत अक्षयकोष सञ्चालन तथा व्यवस्थापनअन्तर्गत विभिन्न सम्मान तथा पुरस्कार आयोजना गरिने काफ्लेले जानकारी दिए।
Shares

प्रतिक्रिया