ad ad

बागमती


नपढेको भन्दै ४ वर्षकी छोरीलाई चरम यातना, २७ वर्षीय बाबु पक्राउ

हात, गाला र कानमा टोकेका घाउ, आँखामा खुर्सानीको धुलो
नपढेको भन्दै ४ वर्षकी छोरीलाई चरम यातना, २७ वर्षीय बाबु पक्राउ

बाबुको यातनाले बालिकाको कानमा भएको घाउ


सुनिता विष्ट
पुस २२, २०८० आइतबार ११:२४, हेटौँडा

मकवानपुरमा नपढेको भन्दै बाबुले सानी छोरीलाई चरम यातना दिएका छन्।

घटनापछि प्रहरीले महोत्तरी घर भई हाल मकवानपुरको हेटौँडा-५, सिँचाइ टोल डेरा गरी बस्ने २७ वर्षका रामजी मण्डललाइ पक्राउ गरेको छ। 

उनले ४ वर्षकी छोरीलाई हात, गाला र कानमा टोकेर गहिरो घाउ बनाएको, आँखामा खुर्सानीको धुलो हालेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए। 

बालिकालाई यातना दिइरहेको छिमेकीले देखेपछि सिविन बाल हेल्प लाइनको सहयोगमा बाबु मण्डललाई शनिबार बेलुका पक्राउ गरिएको उनले जानकारी दिए। 

मण्डलको यातनाबाट बालिका घाइते पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मण्डलले छोरीसहित श्रीमतीलाई पनि सधैँ यातना दिने गरेको थाहा पाएपछि सिविन बाल हेल्प लाइनको टोली अनुगमनका लागि मण्डलको डेरामा पुगेको थियो। 

सो क्रममा बाबुको यातनाबाट ४ वर्षीय बालिकालाई गम्भीर घाइते अवस्थामा फेला पारी उद्धार गरिको बाल हेल्प लाइनका प्रबन्धक झवीन्द्र ज्ञवालीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .