ad ad

बागमती


मनमैजु घटना : प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

मनमैजु घटना : प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

फाइल तस्बिर : प्रहरी जवान युवराज घिमिरे


नेपालखबर
जेठ ६, २०८१ आइतबार १०:३८, काठमाडौँ

प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार प्रहरी जवान घिमिरेको शव शंकास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर-९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो।

खोटाङको मजुवागढी गाउँपालिका-१ का स्थायी बासिन्दा घिमिरे ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत थिए।

गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरे त्यसयता कार्यालय फर्किएका थिएनन्।

शुक्रबार अपराह्न स्थानीयले खबर गरेपछि प्रहरीले घिमिरेको शव घटनास्थलबाट त्रिवि शिक्षण अस्पताल लगेको थियो। 

उनको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ। 

प्रहरी जवान घिमिरे सामाखुसीमा डेरा गरी बस्थे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .