ad ad

बागमती


आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ ७, २०८१ सोमबार ७:५५, काठमाडौँ

आज (सोमबार) बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९.५ डिग्री सेल्सियस देखिएको हो। 

‘यो न्यूनतम तापक्रम उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै उच्च हो’, उनले भने, ‘यसअघि उपत्यकाको सबैभन्दा बढी न्यूनतम तापक्रम वैशाख ५ गते १९.२ डिग्री सेल्सियस थियो।’

मौसमविद् अर्यालयका अनुसार रातभर आकाश बादलले ढाक्यो भने बिहान हपक्क तातो हुन्छ र न्यूनतम तापक्रम बढ्छ। 

‘दिनभर घामले तातेको जमिनको तातो राति माथि वायुमण्डलतर्फ जान्छ र त्यतिबेला आकाश बादलले ढाकेको छ, यसले ब्लान्केटको काम गर्छ। अर्थात् जमिनबाट आएको तातोलाई छेक्छ, जसले गर्दा तातो बाहिरिन पाउँदैन। अनि न्यूनतम तापक्रम बढ्छ,’ उनले भने। 

तर आजको आधिकारिक तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन हुने भएकाले घट्ने सम्भावना रहेको उनले बताए। 

‘आजको आधिकारिक तापक्रम अहिले ८:४५ बजे आउँछ उनले भने, ‘आज बिहानैदेखि पानी पर्न थालेकाले त्यतिबेलासम्म न्यूनतम तापक्रम घट्ने देखिन्छ।’  

काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम भने यो वर्षको अहिलेसम्मकै उच्च गत शनिबार (जेठ ५ गते) ३३.६ डिग्री सेल्सियस थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .