बागमती


धादिङमा छोराले फलामको पाइपले हान्दा बुवाको मृत्यु

धादिङमा छोराले फलामको पाइपले हान्दा बुवाको मृत्यु

नेपालखबर
असार २१, २०८३ आइतबार ९:५३, हेटौँडा

धादिङको गंगाजमुना गाउँपालिका-४, यार्सा टोलमा छोराको प्रहारबाट बुवाको ज्यान गएको छ।

आफ्नै छोराले फलामको पाइपले हान्दा ६० वर्षीय धननारायण सुनारको मृत्यु भएको हो।

प्रारम्भिक जानकारीअनुसार शनिबार अपराह्न घरायसी विषयमा विवाद चर्किएपछि ३५ वर्षीय सुजन सुनारले बुबालाई फलामको पाइपले हानेका थिए।

टाउकोमा गम्भीर चोट लागेका धननारायणलाई तत्काल उपचारका लागि फूलखर्क ग्रामीण अस्पताल लगिए पनि उपचारका क्रममा शनिबारै साँझ मृत्यु भएको चिकित्सकले बताएका छन्। 

स्थानीय जनप्रतिनिधिका अनुसार सुजन लामो समयदेखि मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। यसअघि पनि उनले परिवारभित्र असामान्य र आक्रामक व्यवहार देखाउने गरेका कारण वडा कार्यालयले परिवारलाई आवश्यक परामर्श र सहयोग लिन पटकपटक आग्रह गरेको थियो।

तर त्यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन नसकिएको स्थानीयको भनाइ छ।

घटना भएको केही बेरमै स्थानीय युवा र जनप्रतिनिधिको सहयोगमा सुजनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ।

हाल उनी जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा छन्।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ पठाइएको छ।

घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान अघि बढाइएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad