बागमती


सुतेकै ठाउँमा हात्तीले आक्रमण गर्दा आमाछोराको मृत्यु

सुतेकै ठाउँमा हात्तीले आक्रमण गर्दा आमाछोराको मृत्यु

नेपालखबर
असार २१, २०८३ आइतबार ७:१०, नारायणगढ (चितवन)

चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहनकी ४ वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी भएको थियो।

आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad