ad ad

बागमती


काठमाडौँ सानोथली : शवनजिकै दुइटा ब्लेड, घटना शंकास्पद

काठमाडौँ सानोथली : शवनजिकै दुइटा ब्लेड, घटना शंकास्पद

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ८:४४, काठमाडौँ

काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५, सानोथलीमा एक पुरुष शंकास्पद अवस्थामा मृत भेटिएका छन्। 

प्रहरीले दिएको जानकारीअनुसार ४५/५० वर्षका जस्ता देखिने पुरुष आज बिहान सानोथलीस्थित राजमार्गको डिलमुनि मृत भेटिएका हुन्।

‘मृत्यु दुई/तीन घण्टा मात्र अगाडि भएजस्तो देखिन्छ’, घटनास्थलमा रहेका एक प्रहरीले भने, ‘शव नजिकै दुइटा ब्लेड फेला परेका छन्, ती व्यक्तिले मुखमा मास्क लगाएका छन्, घटनास्थल सुरक्षित राखेर अनुसन्धान गर्दै छौँ।’ 

प्रहरीका अनुसार कपडाले मुख ढाकिएको अवस्थामा मृत फेला परेका व्यक्तिको अहिलेसम्म पहिचान हुन सकेको छैन। 

‘अब फरेन्सिक टोली आएर शवमा देखिएको घाउचोटबारे विस्तृत कुरा पत्ता लगाउनेछ’, ती प्रहरीले भने। 

स्थानीयले बिहान साढे ५ बजे थली प्रहरीलाई खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .