यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
पुरस्कृत हुनेमा प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशी छन्।
साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने वित्तिकै खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको मृत्यु भएको थियो। मृत्यु हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ। रासस
सौर्य एयरलाइन्सका ५ जना व्यवस्थापक नै दुर्घटनामा परे
कन्टेनरमा अड्किएको ककपिटबाट रगताम्य पाइलटले भने– अरु दुई जना पनि छन्
सौर्य एयर दुर्घटनाका घाइते पाइलटको मेरुदण्डको अपरेसन, शरीरमा छैन जलन
सौर्यको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन शाक्यको आईसीयूमा उपचार हुँदै
सौर्यको जहाज दुर्घटना : क्याप्टेन शाक्यको आँखामा चोट, अन्य शवहरू टिचिङ अस्पताल लगिँदै
Shares

प्रतिक्रिया