मङ्गलबार, १२ साउन २०८३ (२८ जुलाई २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: सामाजिक तथा धार्मिक कार्यमा सक्रिय हुने अवसर मिल्नेछ। परिवारको साथ र सहयोगले उत्साह थपिनेछ। कृषि, उत्पादन तथा व्यावहारिक काममा प्रगति हुनेछ। मन्त्र- सपना देख्ने आँखा कहिल्यै कमजोर हुँदैनन्।
भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६६, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।
वृष: लाभहानि र आयव्यय सन्तुलित रहनेछ। प्राविधिक सिपसँग सम्बन्धित काममा राम्रो प्रगति हुनेछ। प्रेममा एकतर्फी डुबिनेछ। आर्थिक कारोबारमा सामान्य विवाद आउन सक्ने भएकाले संयम अपनाउनु उचित हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४४, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४३ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। कमिला वा माछालाई चारो खुवाउने। कालो रङको प्रयोग नगर्ने।
मिथुन: अध्यात्म, दर्शन र सकारात्मक सोचतर्फ आकर्षण बढ्नेछ। भ्रमणको योजना बन्न सक्छ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ। आत्मविश्वास र उत्साहले धेरै काम सहज बन्नेछन्। बिछोडिएका मित्रसँग पुनर्मिलनको सम्भावना देखिन्छ।
भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। भगवान् शंकरजीको दर्शन गर्ने। छलकपट नगर्ने।
कर्कट: समाजसेवा तथा परोपकारी कार्यले सम्मान बढाउनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। कार्यसम्पादन सहज हुनेछ। एकपछि अर्को अवसर प्राप्त हुँदा मन उत्साहित रहनेछ। शुभकार्यमा सहभागी हुने सम्भावना छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५२, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह: स्थान परिवर्तन वा छोटो यात्राको सम्भावना छ। रोकिएका काम पुनः प्रयास गर्दा सफल बन्नेछन्। शुभ समाचार र धार्मिक आस्थाले मनमा उत्साह थप्नेछ। मिष्ठान्न भोजनको अवसर जुट्नेछ। रमाइलो भेटघाटको अवसर जुर्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: साना–साना झमेलाले मनलाई चञ्चल बनाउन सक्छ। स्वास्थ्यमा सामान्य खर्च बढ्ने संकेत छ। काममा अवरोध आउन सक्छ, त्यसैले हतार नगरी संयमित रूपमा अघि बढ्नु राम्रो हुनेछ। साँझतिर खर्च बढ्नसक्ने योग छ।
भाग्यशाली रङ रातो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ४५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४४ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन गराउने। झुट नबोल्ने।
तुला: सुखद् समाचारले मन प्रफुल्ल बन्नेछ। धार्मिक वा सामाजिक महत्त्वका स्थानको भ्रमण हुन सक्छ। स्वादिष्ट भोजन र सम्मान प्राप्तिको योग देखिन्छ। मन्त्र- दुवै पक्ष सुनेपछि मात्र निर्णय गर।
भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ७६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृदेवताको आशीर्वाद लिने। छलकपट नगर्ने।
वृश्चिक: परिवार तथा साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। टाढाका आफन्तसँग प्रविधिमार्फत संवाद हुन सक्छ। पारिवारिक वातावरणले मनलाई सकारात्मक ऊर्जा दिनेछ। मन्त्र- धैर्य नै सबैभन्दा बलियो सफलता हो।
भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृद्ध तथा रोगीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।
धनु: नयाँ अवसर र शुभकार्यको चर्चा चल्नेछ। नयाँ ज्ञान तथा सिप सिक्ने मौका मिल्नेछ। धन आर्जनका नयाँ स्रोत खुल्नेछन्। प्रेम सम्बन्धमा आत्मीयता र विश्वास प्रगाढ बन्नेछ।
भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६२, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई भोजन गराउने। कालो रङको प्रयोग नगर्ने।
मकर: अनुशासन र धैर्य कायम राख्नु आवश्यक हुनेछ। मनमा अनावश्यक शंका बढ्दा बनिसकेको काममा अन्योल हुन सक्छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। खर्च बढे पनि वैदेशिक योजनाले भने सकारात्मक दिशा लिन सक्छ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ४३, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन गराउने। झुट नबोल्ने।
कुम्भ: नयाँ रोजगारी वा जिम्मेवारीको अवसर मिल्न सक्छ। धार्मिक तथा सामाजिक यात्रा र घरमा पाहुनाको आगमनले दिन उत्साहपूर्ण बन्नेछ। मन्त्र- भिन्नता नै भविष्यको हस्ताक्षर हो।
भाग्यशाली रङ सेतो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७६, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
मीन: शुभकार्यको चर्चा बढ्नेछ। बन्धु–बान्धव तथा जीवनसाथीको सहयोगले महत्त्वपूर्ण काम सफल बन्नेछ। आत्मविश्वास बढ्ने भएकाले निर्णय क्षमता पनि मजबुत रहनेछ। मन्त्र- अनुशासन नै मेरो पहिचान हो।
भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ६३, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सत्य बोल्ने। भरिसक्के लामो यात्रा नगर्ने।
Shares

प्रतिक्रिया