नेपाल आयुर्वेद चिकित्सक संघले नेपाल आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रार छनोट प्रक्रियामा गडबड भएको भन्दै विरोध जनाएको छ।
सोमबार संघका अध्यक्ष डा. शंकर गौतम र महासचिव डा. ऋषिकेशव भुषालले प्रेस विज्ञप्ति जारी गरी रजिस्ट्रार छनोट प्रक्रियामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका अनुसार, रजिस्ट्रार पदका लागि आवेदन दिएका वरिष्ठ उपाध्यक्ष डा. रमेश पौडेलको नाम साउन ४ गते जारी प्रारम्भिक संक्षिप्त सूचीमा राखिएको थिए।
संक्षिप्त सूचीमा नराखिएपछि डा. पौडेलले निवेदन दिएका थिए। त्यसपछि उनलाई साउन ८ गते अन्तर्वार्ताका लागि समावेश गरेर बोलाइएको थियो। तर, साउन ११ गते अन्तर्वार्तामा हाजिर गराइसकेपछि सहभागी नगराएको संघले जनाएको छ।
‘अन्तर्वातास्थथलमा उपस्थित भई हाजिरसमेत गरिसकेपछि उहाँलाई अन्र्वार्तामा सहभागी नगराई फिर्ता पठाइनु अत्यन्त दुःखद, अन्यायपूर्ण तथा प्राकृतिक न्यायको सिद्धान्तविपरित देखिएको छ,’ संघले भनेको छ।
रजिस्ट्रार छनोटको सम्पूर्ण प्रक्रिया सार्वजनिक गर्न संघले माग गरेको छ। त्यस्तै, रजिस्ट्रार छनोट प्रक्रियाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि संघले आग्रह गरेको छ।

Shares

प्रतिक्रिया