समाज


देवानगञ्ज घटना अपडेट: गोली लागेर १ जनाको मृत्यु, घाइतेको संख्या २१ पुग्यो (नामावली)

देवानगञ्ज घटना अपडेट: गोली लागेर १ जनाको मृत्यु, घाइतेको संख्या २१ पुग्यो (नामावली)

सुमन सुस्केरा
साउन ११, २०८३ सोमबार ७:६, विराटनगर

सुनसरीको देवानगञ्जमा गएराति सशस्त्र प्रहरीले चलाएको गाेली लागेर एक जनाकाे एक जनाको मृत्यु भएको घटनामा अन्य २१ जना घाइते भएका छन्। 

स्थानीय दुई समूहबिचको झडप र आगजनी नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो। 

देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारी गरेर २१ जना घाइते भएका छन्। 

गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

दुई समूहबिच उत्पन्न विवाद झडपमा परिणत हुँदा अवस्था हिंसात्मक बनेको हो। स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा गोली लागेर ८ जना स्थानीय सर्वसाधारण घाइते भएका छन्।

प्रहरीका अनुसार, घाइते हुनेमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमित कुमार यादव छन्। उनीहरूको कोशी अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी २१ वर्षीय रवीन्द्र मेहता, १८ वर्षीय अमित कुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहतालाई पनि गोली लागेको छ। उनीहरूको विराट नर्सिङ होममा उपचार भइरहेको छ।

झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। राईको टाउकोमा गम्भीर चोट लागेको छ। प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, रामबहादुर राई, विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी जवान बुद्धदेव साह र निवेश यादव पनि घाइते भएका छन्।

त्यस्तै सशस्त्र प्रहरी तर्फ पनि ५ जना घाइते भएका छन्।  

स्थानीय दुई समूहको बिचमा सिर्जना भएको झडपमा परेर १ जनाको मृत्यु भएकाे र २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले नेपालखबरलाई  जानकारी दिए।

अवस्थालाई सामान्य बनाउन अहिले पनि घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad