समाज


सुनसरी घटना : केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो

सुनसरी घटना : केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइयो

नेपालखबर
साउन ११, २०८३ सोमबार १४:८, काठमाडौँ

सुनसरीमा सोमबार रातिको घटनापछिको सुरक्षा अवस्था बारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। 

गृहमन्त्री सुधन गुरुङले साँझ ५ बजे बस्ने गरी बैठक बोलाएका गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।

गृहमन्त्रीको अध्यक्षतामा हुने केन्द्रीय सुरक्षा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथी, गृहसचिव र रक्षा सचिव सामेल हुन्छन्। 

आइतबार बेलुका दुई समूहको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। २२ जना घाइते छन्। दुई घाइतेको अवस्था गम्भीर छ। 

सुनसरीका ५ वटा स्थानमा कफ्र्यु लगाउँदा पनि स्थिति तानावग्रस्त नै रहेको सुनसरी प्रहरीले जानकारी दिएको छ। स्थितिलाई थप बिग्रन नदिन अहिले नेपाली सेनालाई बख्तरबन्द गाडीसहित सडकमा निकालिएको छ। 

सेनाले स्थिति सामान्य बनाउने प्रयास गरिरहेको छ। यहि घटनाका विषयमा केन्द्रीय सुरक्षा समितिमा छलफल हुन लागेको हो। 

यसअघि गृहमन्त्रीकै अध्यक्षतामा बसेको बैठकले सुरक्षा अधिकारीहरुलाई समेत सामेल गडराएर सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ। समितिलाई ७ दिन भित्रमा घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउन भनिएको छ। 

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कफ्र्युुआदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन्। 

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको भएपनि प्रदर्शनकारीसँग ठाउँठाउँमा झडप भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad