समाज


तादीको विकासका लागि सञ्चारमन्त्री तिमिल्सिनाले गरे छलफल

तादीको विकासका लागि सञ्चारमन्त्री तिमिल्सिनाले गरे छलफल

नेपालखबर
साउन ११, २०८३ सोमबार १३:५५, काठमाडौँ

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटको तादी गाउँपालिकाको समग्र विकासका लागि तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङसँग छलफल गरेका छन्।

नुवाकोट–१ बाट निर्वाचित तिमिल्सिनाले सोमबार सञ्चार मन्त्रालयमा अध्यक्ष तामाङसँग छलफल गरेका हुन्। तादीको शिक्षा, स्वास्थ्य सञ्चारलगायत सेवा विस्तार, नागरिकलाई सहज सेवा प्रवाह तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको जनाइएको छ। 

छलफलमा मन्त्री तिमिल्सिनाले गाउँपालिकाको विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा तथा अपेक्षाबारे जानकारी लिएका छन्। उनले स्थानीय तहबाट उठाइएका आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजनालाई अघि बढाउने बताएका छन्। 

गाउँपालिका अध्यक्ष तामाङले खरानीटारलाई तादी गाउँपालिकाको प्रशासनिक तथा सेवा केन्द्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। नागरिकलाई सेवा प्रवाहमा सहजीकरण गर्न खरानीटारमा मालपोत र नापी कार्यालय स्थापना आवश्यक रहेको उल्लेख गर्दै उनले सभा सम्मेलन, सार्वजनिक कार्यक्रम तथा स्थानीय गतिविधि सञ्चालनका लागि सभागृह निर्माणको आवश्यकता औंल्याए। उनले तादी क्षेत्रको विकासका लागि आवश्यक योजनाबारे जानकारी गराएका थिए। 

मन्त्री तिमिल्सिनाले बाढीपहिरो प्रभावितलाई तत्काल राहत वितरण, जोखिमयुक्त बस्तीको पहिचान तथा स्थानान्तरणका लागि स्थानीय तहले यथार्थ मूल्यांकन गरी सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए। ‘नागरिकले सुविधा पाउनुपर्छ, कुनै पनि नागरिकले असुविधा भोग्नु हुँदैन,’ उनलेभ ने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad