जिल्ला प्रहरी कार्यालयले वन क्षेत्रभित्रको ढुंगा ओसार पसार गरेको आरोपमा १८ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा १७ जना अर्घाखाँचीको जुकेना ७ का छन् भने एक जना कपिलवस्तुको धनकौली ४ का बासिन्दा हुन्।
उनीहरूलाई डिभिजन वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
वन क्षेत्रभित्रका ढुंगा ओसार पसार गरेको आरोप लागेका उनीहरूलाई ३४२ रुपैयाँदेखि १ हजार ५ सय ३० रुपैयाँसम्म जरिवाना तोकिएको छ।
जरिवाना रकम नबुझाएका कारण नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ।


15
Shares

प्रतिक्रिया