राजनीति


उत्तेजनामा नलाग्न र सद्भाव कायम राख्न गगन थापाको अपिल

उत्तेजनामा नलाग्न र सद्भाव कायम राख्न गगन थापाको अपिल

नेपालखबर
साउन ११, २०८३ सोमबार १८:४५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले देवानगञ्ज घटनालाई लिएर उत्तेजनामा नलाग्न र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। 

सभापति थापाले सोमबार प्रेस विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा सद्भाव महत्त्वपूर्ण रहेको जनाएका छन्। ‘यस कठिन घडीमा संयमता र सदभाव महत्तवपूर्ण रहन्छ,’ थापाले भनेका छन्, ‘अतः कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप प्रतिकूल हुन नदिन तथा सामाजिक सदभाव कायम राख्नको लागि योगदान गर्न सम्पूर्ण स्थानीयबासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दललगायत सबैमा हार्दिक अपिल गर्दछु।’

उनले देवानगञ्जसहित आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। ‘हाम्रो आग्रह छ– अवस्था थप जटिल बन्न नदिन प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र जनविश्वास कायम हुने गरी परिस्थितिलाई अत्यन्त संवेदनशील र जिम्मेवार ढंगले व्यवस्थापन गरियोस्,’ थापाले भनेका छन्। 

यससँगै उनले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भनेर सरकारलाई प्रश्न गरेका छन्। ‘सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपर्थ्यो,’ थापाले भनेका छन्, ‘परिस्थितिलाई समयमै आकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद छ।’

उनले यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad