कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अफवाहको पछि नलाग्न र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन्।
सोमबार मुख्यमन्त्री कार्कीले प्रेस विज्ञप्ति जारी गरी सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनप्रति दुःख व्यक्त गरेका छन्। उनले प्रदेश सरकार घटनाबाट पीडित परिवार र घाइतेको साथमा रहेको बताएका छन्।
उनले संयमित भएर बस्न प्रदेशका नागरिकलाई आग्रह गरेका छन्। ‘यस्तो संवेदनशील समयमा सम्पूर्ण नागरिकलाई संयमित रहन, अपुष्ट सूचना अफवाहको पछि नलाग्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आह्वान गर्दछु,’ मुख्यमन्त्री कार्कीले भनेका छन्।
यससँगै उनले घटनालाई उत्तेजित नबनाई संयमतार्पूक सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अनुरोध गरेका छन्। मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयमतापूर्वक सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीतिक दल, जनप्रतिनिधि र सञ्चारकमीहरूमा हार्दिक अनुरोध गर्दछु।’
यससँगै उनले आवश्यक सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारलाई अनुरोध पनि गरेका छन्।

Shares

प्रतिक्रिया