नेपाली कांग्रेसका नेताहरूले भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग भेटवार्ता गरेका छन्।
कांग्रेस प्रतिनिधि सभा सदस्य सन्दीप राना, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर र लुम्बिनी सांसद निमा गिरीले सोमबार मुख्यमन्त्री फडणवीससँग भेटवार्ता गरेका हुन्।
भारतको महाराष्ट्रस्थित लोकमान्य तिलक सभागृहमा शनिबार भएको नेपाली जनसम्पर्क समितिको १०औँ महाधिवेशनमा सहभागी कांग्रेस नेताहरूले मुख्यमन्त्री फडणवीससँग भेटवार्ता गरेका थिए। कांग्रेस नेताहरूसँग भेटवार्ताबारे मुख्यमन्त्री फडणवीसले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालका सांसदसहित प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन्।
‘भारत र नेपालले साझा इतिहास, संस्कृति र पारस्परिक विश्वासमा निर्मित गहिरो मित्रताको बन्धन बाँधेका छन्। हामीले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने र हाम्रा दुई राष्ट्रहरूको साझा प्रगति र समृद्धिको लागि सहयोग विस्तार गर्ने अवसरहरूबारे छलफल गर्यौं,’ मुख्यमन्त्रीले फेसबुकमा लेखेका छन्।
Shares

प्रतिक्रिया