समाज


मुग्लिन-नारायणगढ सडक रातभरका लागि बन्द

मुग्लिन-नारायणगढ सडक रातभरका लागि बन्द

सुनिता विष्ट
साउन १२, २०८३ मंगलबार १८:४६, हेटौंडा

मुग्लिन–नारायणगढ सडकखण्ड रातिको समयमा बन्द हुने भएको छ।

मंगलबार मुग्लिन नजिकको खहरे पुल क्षेत्रमा पहिरो खसेपछि रातभरका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो। दिनभर पटक–पटक पहिरो खस्दा सडक तीन पटकसम्म अवरुद्ध भएको थियो। 

प्रत्येक पटक पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि केही समयमै पुनः पहिरो खसेपछि यात्रु र सवारी चालकले घण्टौँसम्म सडकमै रोकिएर सास्ती भोग्नुपरेको थियो। साँझसम्म पनि खहरे पुल क्षेत्रमा पहिरो खस्ने जोखिम कायमै रहेकाले सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, चितवनले रातभरका लागि सडक बन्द गर्ने निर्णय गरेको जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय, चितवनकी प्रशासकीय अधिकृत अन्तिम सिंजालीका अनुसार आज राति ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म मुग्लिन–नारायणगढ सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। थप पहिरो खस्ने सम्भावना रहेकाले यात्रु तथा सवारी चालकलाई उक्त अवधिमा यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी सूचनाको पालना गर्न आग्रह गरिएको छ। 

हाल सडक क्षेत्रमा सुरक्षा निकाय र सडक डिभिजनको टोली निगरानीमा रहेको छ। मौसममा सुधार भई पहिरोको जोखिम घटेपछि सडकको अवस्था मूल्यांकन गरेर मात्रै आवागमन पुनः सञ्चालन गरिने प्रशासकीय अधिकृत सिंजालीले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad