ad ad

बागमती


काठमाडौँ थलीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

काठमाडौँ थलीमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ९:४३, काठमाडौँ

काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५, सानोथलीमा आज (मंगलबार) बिहान मृत भेटिएका पुरुषको पहिचान खुलेको छ। 

थली प्रहरीका अनुसार उनी भक्तपुर-७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको पत्ता लागेको हो।

शवको साथमा भेटिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा उनको परिचय पत्ता लागेको प्रहरीले जनाएको छ। 

‘उहाँको आफन्तचाहिँ आइसकेका छैनन्’, घटनास्थलमा रहेका एक प्रहरीले भने, ‘पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल लगिँदै छ।’

प्रहरीका अनुसार कपडाले मुख ढाकिएको अवस्थामा फेला परेको शवनजिकै दुइटा ब्लेड पनि भेटिएका छन्। घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .