आज (मंगलबार) काठमाडौँ उपत्यकामा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकामा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको हो।
महाशाखाले आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना ४० प्रतिशत रहेको उल्लेख गरेको छ।
महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.५ डिग्री सेल्सियस छ भने अधिकतम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
काठमाडौँ उपत्यकामा आज बिहान ५ बजेर १२ मिनेट जाँदा सूर्य उदाएको थियो भने अब साँझ ६ बजेर ५० मिनेट जाँदा अस्ताउने छ।
750
Shares
प्रतिक्रिया